Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)

म्याग्दी, २५ साउनः म्याग्दीको बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई आज राहत वितरण गरेको छ । यही साउन ११ गते बेनी नगरपालिका-३ चिनाखेतमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई नगरपालिकाले रु दुई लाख राहत उपलब्ध गराएको हो । 

    नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडाध्यक्ष पदम पुन, कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक अणबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्य, कार्यपालिका सदस्य मनकुमारी विकलगायतको टोलीले राहत वितरण गरेको हो । 

    मृतक छन्त्यालकी श्रीमती दिलमतीलाई नगरप्रमुख केसीले नगद हस्तान्तरण गर्नुभएको थियो । पहिरोमा पुरिएर लालबिरको मृत्यु र दिलमती घाइते हुनुभएको थियो । पहिरोका कारण पन्ध्र परिवार जोखिममा परेका छन् भने आमा समूहको सामुदायिक भवन र खेलमैदानमा बाढी पसेर पुरिएको छ । 

    खेतबारी र सुन्तला बगैँचा पुरिएको छ । नगरपालिकाको टोलीले पहिरोले क्षति पुर्‍याएको क्षेत्रको निरिक्षण गर्दै रोकथाम र क्षति न्युनिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि मृतकका परिवारलाई गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किरियाखर्चबापत रु ५० हजार सहयोग गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan