Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडी रोयल र पशुपति बुटिकमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २२ शुक्रबार |

काठमाडौं, २२ साउन । आसन्न २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ ।

बन्द प्रशिक्षण साउन १८ गतेदेखि सुरु भएको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले जनाएकी छन् ।

रोयलमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, करातेको काता टोली, डान्स स्पोर्ट्स, साइक्लिङ, गल्फ, एथेटिक्स र आर्चरीका खेलाडी र प्रशिक्षकलाई राखिएको छ ।

पशुपतिमा करातेको कुमुते टोली, तेक्वान्दो, सफ्ट टेनिस, टेनिस, पौडी, स्क्वास, ब्याडमिन्टन र टेबलटेनिस टोलीलाई व्यवस्थापन गरिएको छ ।

यि १५ खेल मध्ये उसु, साइक्लिङ, गल्फ, तेक्वान्दो, टेनिस, पौडी र टेबलटेनिसका केही खेलाडी वैदेशिक प्रशिक्षणमा छन् ।

त्यस्तै स्केटबोर्ड, कुस्ती, क्यानोइङ र पुरुष÷महिला कबड्डीका सबै खेलाडी वैदेशिक प्रशिक्षणमा रहेका छन् ।

एसियाली खेलकुद जापानको आइची÷नागोयामा असोज ३ गतेदेखि सुरु हुँदैछ ।

नेपालबाट विभिन्न २२ खेलमा ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan