Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |

नारायणपुर (दाङ), २५ साउनः दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म १५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

विसं २०७४ देखि निर्माण सुरु गरिएको भए पनि सुरुका वर्षमा बजेट अभावका कारण कामले गति लिन सकेको थिएन । दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले चक्रपथ निर्माणलाई प्राथमिकता दिएको र तीनै तहका सरकारले बजेट विनियोजन गरेपछि आयोजनाले गति लिएको हो ।

इन्जिनियर अशोक बेल्वासेका अनुसार हालसम्म गाउँपालिकाले रु २० करोड, सङ्घीय सरकारले रु आठ करोड र लुम्बिनी प्रदेश सरकारले रु एक करोड गरी कुल रु २९ करोड खर्च भइसकेको छ । 

उहाँका अनुसार चालु आर्थिक वर्षमा पनि तीनै तहका सरकारले सो आयोजनाका लागि बजेट विनियोजन गरेका छन् । जसअनुसार गाउँपालिकाबाट रु एक करोड ६० लाख, सङ्घीय सरकारबाट रु तीन करोड र लुम्बिनी प्रदेश सरकारबाट रु ३० लाख विनियोजन भएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गरिएको चक्रपथको राप्ती गाउँपालिका–६ मजेरियादेखि वडा नं २ कोखुलियासम्मको सडक कालोपत्र सम्पन्न भएको छ । दक्षिणतर्फको सडक स्तरोन्नतिको काम पनि भइरहेको छ ।

चक्रपथको दक्षिणतर्फ लमही नगरपालिका–१ सुनपुर, पूर्वतर्फ पाखापानी र उत्तरतर्फ सिंगेगोलालाई आधार बनाएर सडक निर्माणको काम भइरहेको छ । यस वर्ष उत्तरतर्फबाट पनि काम अघि बढाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । 

उहाँले राप्ती चक्रपथ गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको बताउँदै निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात र आर्थिक गतिविधिमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan