Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २२ शुक्रबार | (रासस)

काठमाडौँ, २२ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा उहाँले विद्युतीकरणमा कर्णाली प्रदेश पछाडि परेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट काम गर्न लागिएको जानकारी दिनुभयो ।

डोल्पाको जगदुल्लामा माइक्रो हाइड्रोलगायतका आयोजनाले कर्णालीलाई न्याय गरेको बताउँदै मन्त्री श्रेष्ठले कर्णालीमा त्यस्ता आयोजना बढाउने गरी चालु आर्थिक वर्षमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ऊर्जा क्षेत्रमा आठ वर्षअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवका आयोजना अलपत्र भई समस्या भएको उल्लेख गर्दै उहाँले चालु आवको सुरुमै ठेक्का भएकाले आयोजनाको गतिमा अर्को वर्षदेखि सुधार हुने विश्वास दिलाउनुभयो ।

मन्त्री श्रेष्ठले पहिलेको खरिद ढिला भएकाले अहिले ट्रान्सफर्मर अभाव रहेको उल्लेख गर्दै उहाँले नियामक निकायलाई जिम्मेवार बनाएर यस्ता समस्या समाधान गर्न लागिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “असार, साउन, भदौ महिनामा वर्षात्का कारण विद्युत् प्रणालीमा समस्या हुने गरेको छ, ती समस्या समाधान गर्न अहिले मन्त्रालयले दुई योजना बनाइरहेको छ, त्यसपछि समस्या समाधान हुन्छ ।”

धार्मिक, सांस्कृतिक महत्वका नदीको संरक्षण हुनुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले उत्तरबाहिनी, कमलामाई, पूर्वमा नदी किनारमा रहेका धार्मिक सम्पदाको संरक्षण गरेर मात्र जलविद्युत्, सिँचाइलगायत काम गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्युत्का विषयमा भएका समस्यालाई तत्काल, मध्यकाल र दीर्घकालीन रूपमा गरी तीन समूहमा वर्गीकरण गरी काम गर्न लागिएको स्पष्ट पार्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan