जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार |
काठमाडौं, २५ साउन : काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर गट्ठाघर बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ घर भएका ५६ वर्षीय धुर्ब थापा समेत १४ जना आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १९ हजार ८ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
