Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)
newsabhiyan

जनकपुरधाम, २५ साउनः जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड बढी राजस्व असुली गरेको छ ।

उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो ।

आव २०८१÷८२ को तुलनामा रु तीन करोड ७२ लाख २१ हजार ६२६ ले बढी हो । आव २०८१÷८२ मा रु १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १६ करोड ६४ लाख ७८ हजार ९३३ राजस्व सङ्कलन भएको थियो ।

आव २०८२÷८३ मा बेरुजु शीर्षकमा रु पाँच लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ लाख २६ हजार ४५३ सङ्कलन भएको छ । त्यस्तै, सम्पत्ति करबाट रु पाँच करोड ६१ लाख पाँच हजार ३३१, बहाल करबाट रु पाँच करोड ७५ लाख ३९ हजार ६४४, सिफारिस दस्तुरबाट रु एक करोड ३४ लाख ९५ हजार ८९६ र नक्सापास दस्तुरबाट रु तीन करोड ३७ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी, बहाल बिटौरी करबाट रु ९२ लाख ३२ हजार २००, व्यवसाय करबाट रु ५१ लाख ५० हजार ३४७ र अन्य सेवा शुल्क तथा बिक्रीबाट रु २९ लाख ६८ हजार ४७५ राजस्व सङ्कलन भएको छ ।

अन्य प्रशासनिक सेवा शुल्कबाट रु ६८ लाख ३४ हजार ९३४, परीक्षा शुल्कबाट रु १७ लाख ८६ हजार ७००, व्यक्तिगत घटना दर्ता दस्तुरबाट रु पाँच लाख ९७ हजार ७२०, प्रशासनिक दण्ड जरिवानाबाट रु ११ लाख पाँच हजार ५६३ तथा सरकारी सम्पत्ति बिक्रीबाट रु १५ लाख राजस्व सङ्कलन भएको जनकपुरधाम उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख परमेश्वर झाले राससलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan