Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | रासस

 

भद्रपुर (झापा), २७ साउनः यहाँको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ ।

 

नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो । उहाँका अनुसार, भूमि प्रशासन शाखामार्फत धनीपुर्जा वितरण तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा भइरहेको छ । 

 

“भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी कार्य सहजरूपमा अघि बढिरहेका छन्,” उहाँले भन्नुभयो, “हालसम्मको अद्यावधिक तथ्याङ्कअनुसार कुल ९७ वटा जग्गापाससम्बन्धी रोक्का तथा पासका काम सम्पन्न भइसकेका छन् ।”

 

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले लामो प्रयासपछि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन सफल भएको बताउनुभयो । उहाँले यसबाट नगरवासीले सहज, छिटो र पारदर्शी रूपमा सेवा पाउन थालेको बताउनुभयो । “यो सेवाले नागरिकमैत्री प्रशासनलाई थप सुदृढ बनाएको छ,” नगर प्रमुख पोखरेलले भन्नुभयो ।

 

कनकाई नगरपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि १३ जना कर्मचारी खटाइएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan