Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नोजाद्धारा टान नव निर्वाचित कार्य समितिलाई स्वागत तथा बधाई (Video Report)

न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर १३ आइतबार | २७७५ पटक हेरिएको

काठमाण्डौ । नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापाले नेपालको पर्यटक क्षेत्र विश्वमा राम्रो प्रचार प्रसारमा ढिला भएको बताएका छन्  । १२ वैशाखामा गएको भूकम्प र पछिल्लो तीन महिना यता भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरासायी बनेको पर्यटक क्षेत्रलाई प्रवर्दन गर्न सगरमाथा, अन्नपूर्ण, मनासलु, लाङटाङ, रोल्वालीङ लगायतका पर्यटकीय पदयात्राका बारेमा प्रचार प्रसारमा कमी आएको जानकारी गराए ।

उनले तत्काल यस्ता गन्तव्यको प्रचार प्रसार नगर्ने हो भने पर्यटक क्षेत्र निकै धरासायी हुने बताए । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)ले आयोजना गरेको टे«किङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) लाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा बताएका हुन् । पर्यटक प्रवर्दन गर्न टानलाई तत्काल नयाँ योजना ल्याउन आग्रह गर्दै पर्यटन प्रवर्दन गर्न ल्याएको नयाँ योजनालाई कार्यान्वयन गर्न सरकारलाई दबाद दिने समेत जानकारी गराए ।

कार्यक्रममा एक फरक प्रसङगमा पर्यटन प्रमुख थापाले नेपाल माउन्टेनरीङ एसोसिएसन अफ नेपाल (एनएमए)को विषयमा मन्त्रीपरिषदले गरेको निर्णय कुनै पनि हालतमा नउल्टने दावी गरे । एनएमएमा साँचैनै समस्या भएको दावी गर्दै थापाले भने,‘ एनएमएले रोयल्टी उठाउन नपाएको भन्दै बिलौना गर्दै हिडनुको कुनै तुक छैन । एनएमएले उठाउने गरेको रोयल्टी सिधै राज्य कोषमा जम्मा हुन्छ । ठमेलस्थित रियल थेरापी एंड ब्युटी पोइन्टमा आयोजित उक्त कार्यक्रममा बोल्दै ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष चन्द्र रिजालले  नेपालमा समय समयमा हुने गरेको बन्द हडतालका कारण नेपालमा आउने पर्यटकलाई सम्झाउन नसकिने अवस्था सृजना भएको बताए ।   नोजाले गरेको स्वागत कार्यक्रममा अहिले सम्म गरेको कार्यक्रम मध्य उत्कृष्ट कार्यक्रम रहेकोले धेरै खुसि भएको बताउदै अनलाइन मिडियाको आफ्नै शक्ति भएकोले अबको जमाना भनेको अनलाइननै भएकोले सबै अनलाइनहरुलाई आबद्ध गराई लैजान समेत आग्रह गर्नुभयो  ।

सोहि अबसरमा   नेपालमा १२ वैशाखमा गएको भूकम्प र पछिल्लो समयमा देशको परिस्थीतिका कारण नेपालमा आउने पर्यटकले पनि टिकट रद्द  गरेको बताए । देशको विग्रदो अवस्थाका कारण नेपालमा कति पर्यटक आए, नेपालमा कति छन् भन्ने समेत थाहा पाउन समस्या भएको उनको भनाई छ । यसैबीच कार्यक्रमको सहयोगी  रियल थेरापी एंड ब्युटी पोइन्टका संचालक भबि शर्माले आफुले सदैब मिडियालाई सम्मान गर्दै आएको र राष्ट्रिय अनलाइन पत्रकार संघको गतिबिधि एकदमै राम्रो भएकोले सदैभ आफ्नो ठाउ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा बोल्दै  नेपालमा स्पाको इतिहास लामो नभए पनि रियल थेरापीले विगत १२ वर्षदेखि व्यवस्थित तरिकाले पारिवारिक वातावरणमा सम्मानजनक तरिकाले सेवा दिँदै आएको समेत जानकारी गराएका थिए  ।

कार्यक्रममा बोल्दै नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले मुलुकको आर्थिक र पर्यटन विकासका लागि अनलाइन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै देशभरका अनलाइन पत्रकारहरुको सञ्जाल नोजासँग सहकार्य गरेर अगाडि बढ्न सबै संघसंस्थाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमकै बीच नोजाले टानका नवनिर्वाचित तथा मनोनीत पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।


टानका सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुलाई अबिर लगाएर र खादा ओडाएर सम्मान गरेको थियो भने परिचयात्मक कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रम संघका महा सचिव सागर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । अन्तमा रियल थेरापी एण्ड ब्यूउटी पोएन्टमा पाउने सुविधाहरु लिएर चियापानमा सहभागि भएका थिए । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan