Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Aahan Album by Nirpesh Upreti

न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर १९ शनिबार | २०९४ पटक हेरिएको

गीतकार नृपेश उप्रेती १४ वर्षपछि गीत लिएर फर्किएका छन् । पत्रकारिता गर्दागर्दै विदेशिएका उप्रेती गीतकार बनेर एल्बमका साथ फर्किएका हुन् । पत्रकारिता गर्दागर्दै १४ वर्ष अगाडि विदेशिएका गीतकार नृपेश उप्रेतीले समकक्षी पत्रकारहरुसमक्ष आफू नयाँ सोचाइका साथ अघि आएको बताए ।

पत्रकारिता गर्दा गर्दै केही सपना बोकेर विदेशिएका गीतकार उप्रेतीले सपना पूरा गर्दै जाँदा आफूलाई बचाइराख्ने भनेकै सिर्जना रहेछ भनेर गीतिसंग्रह लिएर आएको बताए । गीतकार नृपेश उप्रेतीको एकल रचना र संगीतकार अर्जुन पोखरेलको एकल संगीतमा रहेको गीतिसंग्रह ‘आहान’ सार्वजनिक कार्यक्रममा उप्रेतीले उक्त कुरा बताएका हुन् । गीतकार एवं चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा गीतिसंग्रह आहान सार्वजनिक गरिएको हो ।

कार्यक्रममा चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, अभिनेत्री सरिता लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नृपेशको पत्रकारिता र गीतकार बनेर आएको सन्दर्भलाई औंल्याउँदै शुभकामना दिएका थिए । त्यस्तै गीतकार एवं संचारकर्मी रमेश पौडेलले उप्रेतीका मुक्तकका लाइनसँगै आफ्नो समीक्षा प्रस्तुत गरेका थिए । साहित्यका पारखी पौडेलले आफ्नो मुक्तकबाट गीतकार उप्रेतीको बयान गरेर उनका सफल सिर्जनाले सबैलाई मन छोएका बताएका थिए । त्यस्तै प्रमुख अतिथि गीतकार एवं चलचित्रकर्मी यादव खरेलले आहान एल्बमको शुभकामना दिँदै राम्रो गीतकारका रुपमा आफूले पाएको बताएका थिए ।

नयाँ पुस्तामा संगीतकार अर्जुन पोखरेल राम्रो संगीत सिर्जन गर्ने संगीतकारको रुपमा पाएको बताएका थिए । साहित्यिक व्यक्तित्व उप्रेती पत्रकारिताबाट विदेशिए पनि १४ वर्षपछि साहित्यिक भएर फर्किएकोमा शुभकामना दिएका थिए । उक्त अवसरमा एल्बममा समावेश गरिएको जुनी जुनी र आफ्नै जिन्दगीको म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । सो अवसरमा एल्बम बिक्रीबाट उठेको रकम चितवनको चेपाङ बस्तीका बालबालिकाको शिक्षादिक्षामा लगानी गरिने गीतकार उप्रेतीले बताएका छन् ।

आहान एल्बममा ९ वटा गीत समावेश गरिएको छ । जुनी जुनी, आफ्नै जिन्दगी, बढ्छ व्यथा, आउ प्रिय, नगर्नु माफ कहिल्यै, जिन्दगीको प्राप्ति तिमी, लुटेर जाने जस्ता गीत समावेश गरिएको छ । जसमा अन्जु पन्त, शर्मिला बर्देवा, शिव परियार, प्रमोद खरेल, हिमाल सागर, राज सिग्देल जस्ता गायक गायिकाको स्वर रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan