माईती नेपालको पत्रकार सम्मेलनमा ५२५ मुद्धाहरु (Video Report)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ मङ्सिर २२ मंगलबार | २४८७ पटक हेरिएको
काठमाण्डौ ।
घर शान्ति नै विश्व शान्तिको आधार
पुनः निर्माण शिक्ष र समान व्यबहार
भन्ने मुल मन्त्रको साथ अघि बढि रहेको माईती नेपालले सन २०१५ जनवारी देखी नोभेम्बर सम्म माईती नेपालद्धारा हेरिएका मुद्धाहरुकोअवस्थाको बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
यस समयमा दिएको तथ्याङक् अनुसार क्षतिपूर्ति सम्बन्धी ११, उद्धार १८, शान्ति सुरक्षा ४, छलफल ३१, मेलमिलाप ५५, बहुविवाह ३७, सम्बन्ध विच्छेद ८७, माना चामाल १०२, अंश १०९, कुटपिट २७, विवाहदर्ता÷जन्मदर्ता÷नागरिकता ४२ र हत्या तथा कर्तव्य ज्यान २ गरी ५२५ मुद्धाहरु हेरेको जानकारी गराईएको थियो ।
