पत्रकारमाथी हातपातको प्रयास
काठमाण्डौ । काठमाण्डौको प्राय सरकारी अफिसको वरिपरी दलालहरुको बाक्लो उपस्थिति पाउने गर्दछौं । हुन पनि हामीले कुनै काम लिएर गयौं भने यो मिलेन त्यो मिलेन भनेर झुल्याउने गर्दछ र दलाल मार्फत पठायो भने तुरुन्त गरिदिने गर्दछ । यो हामी सबैले भोगेको व्यथा हो ।
दलालहरुले पनि मान्छे हेरेर आफ्नो पारिश्रमीक लिने गर्दछ । चाँडा चाहियो र अलि केही डकुमेन्ट मिलाउनु पर्ने भयो भने धेरै लिने गर्दछ । जसको परिणाम यहाँ झगाडा भएको छ ।
झगडा भईरहेको फोटो खिच्न पुगेका न्यूज अभियान डट कमका पत्रकारलाई अर्का दलाल जसलाई तस्वीरमा प्रष्टसंग चिन्न सकिन्छ ले किन फोटो खिचेको भनेर क्यामारा खोस्ने र र हातपात गर्ने दुस्प्रयास गरेको छ । यस प्रकारको दुस्प्रयासको हामी घोर भत्सना गर्दछौं ।
