Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेरो मनको क्यानभास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १६ शनिबार |
newsabhiyan

- दिनेश घिमिरे

मेरो मन मेरो खाली क्यानभास हो
यसलाई जसरी मन लाग्छ भरिदिन्छु
जसरी ठिक लाग्छ उस्तै कोरीदिन्छु
मनको क्यानभास मेरो राज्य हो
जस्तो चित्र खोज्छु उस्तै बनाँइदिन्छु

मेरो मनको क्यानभास भित्र
सम्बन्धको आफ्नै ब्याख्या छ
यसैमा मेरो बिश्वासको आधार छ
म मान्छेहरूमा बिश्वास खोज्छु
आफ्नै क्यानभासको आकारमा। 

कोही आउँछन् ठिङ्ग पर्खाल जस्तै
क्यानभासका चित्रहमा मिलाउँछु
कोरा चित्रहरूमा रेखालाई मिलाँउदै
मनपर्दोरंगहरूमाअलंकार भरिदिन्छु
आफ्नै क्यानभासको आकारमा।

मेरो मनको क्यानभासमा चित्रहरू
कहिले मानिसहरू जस्तै बन्छन्
कहिलेमानिसहरू बिचित्रका बन्छन्
आफ्नै स्वभावले रंग बिगाँरेर हो कि
क्यानभास सम्बन्धमा अर्थ खोजिदिन्छ।

क्यानभासमा जीवनका रेखाहरू
बिबिधआकार प्रकारमा कोरिरहन्छन्
आकार भित्र कोही सम्बन्धमा अटाँउछन
आकार भित्र कोही सम्बन्धमा हराउँछन
क्यानभासमा सम्बन्धका चित्रहरू बनिरहन्छन्। 

क्यानभासमा चित्रहरू स्वतन्त्र छन् 
सोचाई अनुरूपको रेखामा छन्
सोचाई अनुरूपको रङ्गहरूमा छन्
आफैलाई कहिले रङ्गिन बनाईदिन्छु
आफैलाई कहिले रङ बिहिन बनाईदिन्छु
क्यानभासमा जीवनका पृथक चित्रहरू बनाईरहन्छु।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan