Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

(कविता) सुदुर बस्तीतिर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २२ शुक्रबार |
newsabhiyan

- उदय निरौला
घामको वर्षाका अघि किसान निथ्रुक्कै भिजेको छ
ऋतुले घाम भिजेको छ
चराचुरुङ्गी भिजेकाछन्
लाग्छ पानीले के भिजिन्छ र ?

तराई पट्पटि फुटेको मुङ्लानबाट फर्केका 
ती डाँडाहरूले  जसरी हेरिरहन्छन् एकतमास
फुटेको तराईमा 
बर्षादको बाढीले बगेको बाली

उसरीनै हेरिरहेकाछन् मुङ्लानबाट फर्किएका छोराहरू 
सायद त्यो क्षण कतै बम पड्केको क्षणभन्दा जटिल बन्छ स्वदेश
जब आगलागीको मसानघाटबाट

बुङ्बुङ् खरानी उडाँउदै राज गर्छन् 
तिनका डँडाल्नो टेकेर उठेका
बर्बर साशकहरू।

भकिअमिलो बनेको छात्ती भएर बाँदरहरू
रुख मच्चाएर जब झारिदिन्छन भकिअमिलोको फूल पनि 
तब नाइटे ज्यामिर भन्दा अमिलो बन्छ उनीहरूको एसिडिटि र ग्यास्ट्रिक 

पेट होइन बढ्तै आँखा पोल्छ र पोल्छ खालिपेट
तब उनीहरू पनि आगो झोस्न पछि पर्दैनन् 
पुनः पुनः र पुनः 
इतिहासका अभिलेख माथि

र ती डँडाल्नो टेकेर उठेका
साशकहरूका महलमाथि
कहिलेसम्म?
दोहरिन्छ?

यो बाँदरहरूको सोइसोइला
र चाकाचुली
लिङ्गेपिङ जस्तो ।
अब भने पहाडमा बाँदरहरूले
कुचोको टुसा र बाँसका टुसा

अनि गिट्ठाका मुन्टा पनि सखाप पार्न थालेको खवर
आउन थालेकाछन्
जति फर्किए मुङ्लान पसेका पहाडहरू
अब उसो फर्कलान जस्तो त समाचार छैन
लहरै उभिएकाछन्

पहाडहरू काखमा सुकेका खोला र
बाँझो जमिन बोकेर 
अब पनि कोही उठ्ला र?
सबै मरेकाहरूका बीचबाट

सोचिरहेछ बिना पेन्सनको लाहुरे
सुदुर बस्तीतिर।
र मुङ्लानिएका टिस्टा पारीका 
डाँडाहरू
र यता लिपुलेकको मानचित्रमा कुँदिएको चुचुरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan