Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १६ शनिबार | रासस

काठमाडौँ, १६ साउनः ‘ठाँटी मिडिया प्रालि’को तेस्रो वार्षिकोत्सवका अवसरमा आज विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई ‘ठाँटी मिडिया सम्मान–२०८३’ प्रदान गरिएको छ ।

    कार्यक्रममा पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेललाई प्रालिका प्रमुख कार्यकारी अधिकृत दामोदर भट्टबाट र अन्यलाई खरेलबाट सम्मान प्रदान गरियो । सम्मानित हुनेमा साहित्यकारहरु सरस्वती ज्ञवाली, शोभा अधिकारी, बैङ्कर सुनील केसी, धर्मपाल गुरु वशिष्ट, शिक्षासेवी गोपीकृष्ण न्यौपाने र मथुरा थापा, अधिवक्ताहरु कुमारप्रसाद भट्टराई र लीलादेवी धमला, समाजसेवीहरु माता सुमी मानव र समाजसेवी लक्ष्मी बस्नेत, राससका पत्रकार प्रकाश सिलवाल, श्रमिक सरोकार समाज नेपालका अध्यक्ष प्रभा पोखरेल र युवा उद्यमी राजु गौतम हुनुहुन्थ्यो । 

    यस्तै नेपाल–भारत उद्योग वाणिज्य सङ्घका निर्देशक मार्सल राठौर, ‘इट फिट’ नामक घरेलु खाद्यान्न उत्पादक कम्पनीका अध्यक्ष रजिना भट्टराई, नौमती वाद्यवादक कृष्ण दर्जी, सिग्मा प्राइम इन्भेष्टमेन्टका सञ्चालक विष्णुप्रसाद ढकाल, गीताञ्जली कलेजका प्राचार्य वेदप्रसाद पन्त, चलचित्र फोटोग्राफर रेखा लामिछानेलगायतलाई पनि सम्मान प्रदान गरियो ।

    पूर्वडिआइइजी एवं समाजसेवी खरेलले जस्तोसुकै कठिन घडीमा पनि सत्यका पक्षमा कलम चलाउन नछाड्न आग्रह गर्दै मुलुकमा हालै देखिएका सामाजिक सद्भाव भड्कन सक्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सामाजिक सद्भाव, शान्ति र समृद्धिका लागि सबैले आफ्नो ठाउँबाट इमानदार प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पञ्चेबाजा, साकेला नृत्यलगायत सांस्कृतिक प्रस्तुति र गजल वाचनसमेत गरिएको थियो । सो प्रालिले ‘ठाँटी खबर’ ‘अनलाइन’ सञ्चालन गर्दै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan