Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिब ४ सय १८ किलो गाँजा सहित चार जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २३ शनिबार |

सुनसरी : बराहक्षेत्र नगरपालिका-१ गुप्तबराहबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय १८ किलोग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय थमन राई, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-५ बस्ने २२ वर्षीया जिवनी राई, मोरङ कटहरी गाउँपालिका-३ बस्ने २६ वर्षीय अमर कामत र ३८ वर्षीय शंकर चौधरी रहेका छन् । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को.११ प ५६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा कारभित्र २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी कार चालक थमन, कारमा सवार जिवनी, मोटरसाइकल चालक अमर र मोटरसाइकलमा सवार शंकरलाई पक्राउ गरेको हो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan