Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसपी नरेन्द्र कुँवर प्रहरी प्रधान कार्यालयमा झिकाइए, आन्तरिक विषयमा सोधपुछ हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २३ शनिबार |
newsabhiyan

काठमाडौं, २३ साउन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालयले मुख्यालयमा झिकाएको छ।

बारामा करिब आठ महिनादेखि कार्यरत कुँवरलाई केही आन्तरिक विषयमा सोधपुछ तथा आवश्यक छानबिनका लागि प्रहरी प्रधान कार्यालयमा बोलाइएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अवि नारायण काफ्लेका अनुसार एसपी कुँवरसँग केही विषयमा बुझ्नुपर्ने भएकाले उनलाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको हो।

प्रहरी प्रधान कार्यालयले भने उनलाई कुन विषयलाई लिएर मुख्यालयमा झिकाइएको हो भन्नेबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

स्रोतका अनुसार एसपी कुँवरसँग सम्बन्धित केही आन्तरिक आवश्यक सोधपुछ र तथ्य संकलनका लागि उनलाई मुख्यालयमा बोलाइएको हो।

यसअघि बारामा कार्यरत रहँदा कुँवरले शान्ति सुरक्षा कायम गर्ने, तस्करी नियन्त्रण तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायतका विषयमा काम गर्दै आएका थिए।

यद्यपि, उनीमाथि परेको भनिएको उजुरी वा आरोपका विषयमा प्रहरी प्रधान कार्यालयले औपचारिक पुष्टि गरेको छैन। छानबिन तथा सोधपुछबाट प्राप्त तथ्यका आधारमा मात्र वास्तविक विषय स्पष्ट हुने प्रहरी स्रोतले जनाएको छ।
कुँवरमाथि कुनै कसुर पुष्टि भएको अवस्था नरहेकाले हालको प्रक्रियालाई प्रारम्भिक सोधपुछ तथा तथ्य संकलनका रूपमा हेरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan