Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २४ आइतबार |

गण्डकी, २३ साउनः जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र लेकसाइड क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, गाँजा तथा लागुऔषध सेवन गरी अवाञ्छित गतिविधि गर्ने र सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
 
मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो । आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टै दुव्र्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘स्वीप अप्रेसन’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan