Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २४ आइतबार | (रासस)

काठमाडौँ, २४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको छ । 

यही साउन २८ गतेदेखि स्वयम्भूमा लाग्ने एकमहिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरिएको हो । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा त्यस आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो । 

मन्दिर तथा देवीदेवतालाई समेत विधिपूर्वक सफा गरिएको छ । काठमाडौँ महानगरपालिका–१५, स्वयम्भूनाथ मन्दिर क्षेत्रलाई प्लास्टिकजन्य वस्तु मुक्त बनाउन तथा पर्यावरण संरक्षण गरी त्यस क्षेत्रमा स्वच्छ र सफा वातवरण विकासका लागि पहल गरिरहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।

चैत्य तथा वरपर क्षेत्र फोहर मैलाले दिन दिनै कुरुप बन्दै गएकाले सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान र गर्न लागिएको महासमितिले जनाएको छ । वातावरणीय प्रभावलाई असर नपर्ने गरी त्यस क्षेत्रमा सङ्कलित फोहर व्यवस्थापन गरिने छ ।

मेला अवधिभर सम्पदा क्षेत्रका विभिन्न स्थानमा आवश्यकताअनुसार डस्टबिन तथा सन्देशमूलक सूचना पाटीहरु राखिने छ । महासमितिले सम्पदा संरक्षण, बुद्धजयन्ती, स्थानीय जात्रा पर्व तथा मेला व्यवस्थापनलगायत नियमित तथा विशेष पूजा गर्न आवश्यक सहयोग गर्ने गरेको जनाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan