Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसद्को गरिमा जोगाउन औपचारिक पोशाक अनिवार्य गर्न एमाले सांसद पोखरेलको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार |

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संघीय संसद्को गरिमा र मर्यादा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोशाक अनिवार्य गर्न माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पोखरेलले संसद्‌मा जस्तोसुकै पोशाक लगाएर उपस्थित हुने प्रवृत्तिले संसद्को गरिमामाथि प्रश्न उठ्ने बताएका हुन्।

उनले संसद् बैठकमा टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका अनौपचारिक पोशाकलाई निरुत्साहित तथा रोक लगाउनुपर्ने धारणा राखे।

पोखरेलले सांसद, प्रधानमन्त्री र मन्त्रीहरूका लागि संसद्‌मा निश्चित औपचारिक पोशाकको व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए। उनका अनुसार संसद् मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले त्यहाँ सहभागी हुने जनप्रतिनिधिको पहिरनसमेत संस्थाको गरिमा र मर्यादाअनुकूल हुन आवश्यक छ।

उनले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक वा राष्ट्रिय पोशाकलाई अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने सुझावसमेत दिए।

संसद्‌मा सांसदहरूको पोशाक, आचरण र व्यवहारसम्बन्धी विषय बेलाबखत बहसमा आउने गरेको छ। पोखरेलको पछिल्लो मागले भने प्रतिनिधिसभामा जनप्रतिनिधिको पोशाकसम्बन्धी छुट्टै बहसको आवश्यकता औंल्याएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan