वडाध्यक्ष साहको निधन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)
जनकपुरधाम, २५ साउनः जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएका उहाँको आज उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिनुभयो ।
यसैबीच वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिइएको थियो । प्रशासकीय अधिकृत यादवका अनुसार आज उपमहानगरपालिका तथा मातहतका सबै निकायमा अत्यावश्यक सेवाबाहेक सबैमा शोक बिदा दिइएको हो ।
