Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस/सिन्ह्वा)

जकार्ता, २८ साउन : इन्डोनेसियाको बालीस्थित पर्यटकीय टापु नजिकै यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका सथै २११ जनालाई सकुशल उद्धार गर्न सफल भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।

आधिकारिक रिपोर्टअनुसार आगलागीको घटनामा एकजना इन्डोनेसियाली महिलाको मृत्यु भएको पुष्टि भएको छ ।

डुङ्गा बालीबाट लोम्बोक टापु जाने क्रममा स्थानीय समयअनुसार बुधबार बिहान ४ः१५ आगलागी भएको जनाइएको छ ।

राष्ट्रिय खोजी र उद्धार एजेन्सी, इन्डोनेसियाली नौसेना, समुद्री प्रहरी र सामुद्रिक जहाजहरू र उद्धारकर्ताहरुले सकुशल उद्धार गरिएका मानिसहरूलाई बाली र लोम्बोक बन्दरगाहहरूमा लगेको जनाइएको छ । 

स्थानीय अधिकारीहरूको डुङ्गामा फसेका मानिसहरूको निकासी सुरक्षित र सहजरूपमा सम्पन्न भएको रिपोर्टले गरेका छन् । 

प्रारम्भिक रेकर्ड र जहाजमा रहेका मानिसहरूको वास्तविक सङ्ख्याबीच भिन्नता देखा परेको प्रष्ट पारिएको छ । डुङ्गामा १७ जना चालक दलका सदस्यसहित १३१ जनालाई सूचीबद्ध गरिएको थियो । अधिकारीहरूले हाल घटनाको समयमा थप दर्ता नभएका यात्रुहरू डुङ्गामा रहेकोसमेत पुष्टि गरेका छन् । 

लेम्बर पोर्ट प्राधिकरणको सहयोगमा इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ भने सवारी साधन र कार्गोलगायत भौतिक नोक्सानको मूल्याङ्कन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan