Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)
newsabhiyan

काठमाडौँ, २८ साउनः सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै आइरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव  उद्घाटन समारोहमा सो कुरा बताउनुभएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हकलाई सुनिश्चित गर्न दुर्गम क्षेत्रमा खाद्य उपलब्ध गराउँदै आइरहेको स्पष्ट पार्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले कम्पनीले व्यवस्थापन क्षेत्रमा भएका कमीकमजोरीलाई सच्चाएर छिटो र छरितो ढङ्गले कार्यसम्पादन गर्नका लागि निर्देशन दिनुभयो । 

विश्व खाद्य कार्यक्रमका कन्ट्रि डाइरेक्टर रियाज लोदीले विश्व खाद्य कार्यक्रमले नेपालमा पोषणसम्बन्धी कार्यक्रम सरकारसँग साझेदारी गरेर गर्दै आइरहेको बताउनुभयो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक डिल्लीराज लम्सालले कम्पनीले पछिल्लो समय बहुआयामिक ढङ्गले सुधारको काम गर्दै आइरहेको दाबी गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan