Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस/सिन्ह्वा)

सिड्नी, २९ कात्तिक : अस्ट्रेलियाको पूर्वी राज्य न्यु साउथ वेल्समा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

न्यु साउथ वेल्स प्रहरीले दिएको जानकारीअनुसार पहिलो दुर्घटना स्थानीय समयअनुसार साँझ करिब ७ बजे सिड्नीबाट १०० किलोमिटर दक्षिणपश्चिममा पर्ने अवोका सहरमा भएको थियो ।

दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एउटा गाडीमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाइएको छैन ।

दुर्घटनामा अर्को गाडीकी ६४ वर्षीया चालक महिला र ६५ वर्षीय पुरुष यात्रु गम्भीर घाइते भएका छन् । उनीहरूलाई घटनास्थलमै प्राथमिक उपचार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, सोही राज्यको उत्तरी क्षेत्रमा राति साढे १० बजे अर्को दुर्घटना भएको थियो । क्वीन्सल्यान्ड राज्यको सीमाक्षेत्र नजिकै एउटा गाडी सडकबाट बाहिरिएर रुखमा ठोक्किएको थियो ।

उक्त गाडीमा सवार दुई जना २० वर्ष आसपासका व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि प्रहरी घटनास्थल पुगे पनि एम्बुलेन्स टोली आइपुग्नुअघि नै दुवैको मृत्यु भएको थियो ।

गाडीमा सवार तेस्रो व्यक्ति पनि २० वर्ष आसपासका रहेको र गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि क्वीन्सल्यान्डको अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको बताइएको छ ।

प्रहरीले दुवै दुर्घटनास्थललाई सुरक्षित गरी घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan