Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार |
newsabhiyan

काठमाडौँ, २९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्नुभएको छ ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त गर्ने छठले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गरेको बताउनुभएको छ । 

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दा कृतज्ञताको भावना प्रगाढ हुने र उदाउँदो सूर्यलाई अघ्र्य दिँदा नयाँ आशा र ऊर्जाको सञ्चार हुने उहाँले सन्देशमा  उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan