आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, २९ कात्तिक : रौतहट, चन्द्रपुर नगरपालिका-६ थोकर टोल बस्ने कृष्ण कुमारी कोइरालाको गोठमा आइतबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, दमक नगरपालिका-१ बस्ने कुमानसिंह सम्बाहाम्फेको स्टोर कोठामा आइतबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङ, धनपालथान गाउँपालिका-४ लखनतरी बस्ने ३५ वर्षीय शत्रुधन मण्डलको घरमा विद्युत सर्ट भई शनिबार बेलुकी आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, महादेवा गाउँपालिका-६ ढिक्ली बस्ने राम अधिन मण्डल, राम देव मण्डल, श्याम देव मण्डल, शिव नारायण मण्डल र देव नारायण मण्डलको गोठघरमा तथा बैजनाथ मण्डलको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब २४ लाख ८२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुतलीटोल बस्ने ४३ वर्षीय बिर बहादुर तिम्सिनाको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहेको छ ।


