बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
काठमाडौं, २७ साउन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-७ बस्ने बाजुरा बुढिनन्दा नगरपालिका-२ घर भएका ४६ वर्षीय मोहन कुमार गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८३ असार ५ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
