Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
newsabhiyan

काठमाडौं, २७ साउन : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा Gatsby International कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने २९ वर्षीय प्रतिक बुढाथोकी, ललितपुर महानगरपालिका-२ बस्ने महालक्ष्मी नगरपालिका-१० घर भएका ३९ वर्षीय सन्त बहादुर लामा र काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर भएका ३१ वर्षीय रमेश धमला रहेका छन् । 

पक्राउ मध्ये प्रतिकले जापान पठाइदिन्छु भन्दै १ सय १५ जना पीडितहरूबाट २ करोड ८० लाख रूपैयाँ, सन्त बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र रमेशले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रतिकलाई रूपन्देही बुटवलबाट सोमबार, सन्त बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१० बाट र रमेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan