Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्छ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | रासस

 

ललितपुर, २८ साउनः नेपाली कांग्रेसले सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ ।

 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले अर्थतन्त्र सुधारका लागि सरकारले चाल्ने सकारात्मक कदममा पार्टीको सहयोग रहने बताउनुभयो । 

 

उहाँले देशको आर्थिक विकास, उत्पादन, राजस्व सङ्कलन र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । निजी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई कमजोर बनाउन नहुने कांग्रेसको धारणा छ । सो पार्टीले निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था सुधार गर्नुपर्नेमा पनि जोड दिएको छ । 

 

कांग्रेसले लगानीकर्ताको मनोबल बढाउन, पुँजी पलायन रोक्न तथा स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सरकारले स्पष्ट र दीर्घकालीन आर्थिक नीति ल्याउनुपर्ने माग गरेको छ ।

 

सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा जारी बैठकमा आज २८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । छलफल जारी रहेकाले बैठक आज पुनः बस्नेछ ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan