(कविता) ।।धर्यता।।
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |
मनमा धर्यता बनाँउदै
छातिलाई चट्टान बनाउनु
समयले अनेकन प्रहार गर्नेछन
आफैलाई आफ्नो बनाँईरहनु।।
आँशु छोपेर मन देखाँउनु
मन बाधेर मुस्कान बनाँउनु
कर्तब्यलाई आस्थामा हेर्नु
आफैलाई आफ्नो बनाँईरहनु।।
यात्रुहरू हिंस्रक हुनसक्छन्
यात्राहरूमा सगै बोकेर हिडनु
समयले अनेकन सीमा बनाँउनेछ
आफुलाई आफ्नो बनाँईरहनु ।।
समाजमा प्रेरणा बनाउदै
मनलाई घर्यबान बनाँउनु
धर्यतानै आफ्नो औषधी हो
आफुलाई आफ्नो बनाईरहनु।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
