आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |
काठमाडौं, २८ साउन : कपिलवस्तु,यशोधरा गाउँपालिका-७सोम्दी बस्ने ५५ वर्षीय ब्रमदेव पाठकको गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका-८रामापुर बस्ने यदुलाल पन्थको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको छ ।
