Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिपर दुर्घटनामा एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |
newsabhiyan

काठमाडौँ, २८ साउन: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बुधबार अपराह्न मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई पल्टिँदा टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामा गम्भीर घाइते भएका थिए । दुर्घटनाका क्रममा उनी सडक छेउतर्फ हाम फालेपछि सोही स्थानमा टिपर पल्टिँदा च्यापिएका थिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो । उपचारकै क्रममा साँझ  चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

टिपर काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएका थिए । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ । दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan