Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस/सिन्ह्वा)

नयाँदिल्ली, २७ साउन : भारतमा भएका दुई वटा छुट्टा –छुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

भारतको दक्षिणी राज्य तेलङ्गानामा मालबहाक गाडीले तिन पाङ्ग्रे सवारीमा ठक्कर दिँदा पाँच जना महिलासहित छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । घाइतेहरूलाई  उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

यसैबीच, भारतको मध्य प्रदेशमा भरिएको नालाले यात्रु बहाक गाडी बगाउँदा एउटै परिवारका छ जनासहित नौ जनाको मृत्यु भएको जनाइएको छ ।

एक जना स्थानीय अधिकारीले यस क्षेत्रमा भारी वर्षा भएको कारण नाला भरिएको जनाउनु भएको छ ।

गाडीमा रहेका ११ जना मध्ये दुई जना पौडी खेलेर सुरक्षित स्थानमा पुग्न सफल भएको समेत उहाँले बताउनु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan