Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपाका नेता रविन्द्र यादव पक्राउ, फेसबुकमा गालीगलौज गरेको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार |
newsabhiyan

रौतहट,२७ साउन ।  सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र किसिमको गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यादवले सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गर्दै आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan