Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ साउन: धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्कले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर चार सय ६३ दशमलव ६१ मा पुगेको छ ।

त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २० अङ्कले बढेर एक सय ८१ दशमलव ५६ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४८ अङ्कले बढेर एक सय ५६ दशमलव ९६ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८७ लाख एक हजार नौ सय ४४ कित्ता सेयर रु तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सूचक बढेको छ भने सात उपसमूहको सूचक घटेको छ ।

आज एक सय दुई कम्पनीको सेयर मूल्य बढ्दा एक सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी, इमर्जिङ नेपाल र एचआइडिसिएलका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, आइसिएफसी फाइनान्स डिबेञ्चर, अपर लोहोरे खोला हाइड्रोपावर तथा प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan