Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लेमन ट्रि प्रिमियर तथा टेस्ला डाएगनोस्टीक मा विशेष छुट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार |
newsabhiyan

काठमाडौं, २८ साउन । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंकोे बुढानिलकण्ठमा रहेको 'लेमन ट्रि प्रिमिय र बुढानिलकण्ठ होटेल (Lemon Tree Premier Budanilkantha)' र  काठमाडौंकोे बालुवाटारमा रहेको 'टेस्ला डाएगनोस्टीक (Tesla Daignostic)' संग विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस होटेलमा बसाई तथा खानामा १५% सम्म छुट र स्पामा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, टेस्ला डाएगनोस्टीकमा प्याथोलोजी टेस्ट, MRI, X-Ray, डेन्टल OPG, औषधी तथा अन्य धेरै सुविधाहरुमा ५ देखि १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि बैंकका ग्राहकहरुले  बैंकको मान्य डेबिट कार्ड/ प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल बैंकिङ्ग द्धारा गर्न भुक्तानी गर्नु पर्नेछ । 

मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले विशेष अटो लोन योजना आधार दर ± ०.०० प्रतिशतमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan