Thursday 13th of August | २०८३ श्रावण २८ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस/सिन्ह्वा)

कोलम्बो, २८ साउन : श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको आरोपमा नौ भारतीय माझीलाई पक्राउ गर्नुका साथै उनीहरूले प्रयोग गरेको माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको छ ।

नौसेनाका अनुसार बुधबार राति देशको उत्तरी क्षेत्र तालाइमन्नारस्थित उरुमलाई प्वाइन्टनजिकै गस्ती गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरू सवार डुङ्गाले अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा पार गरी श्रीलङ्काको जल क्षेत्रमा प्रवेश गरेको नौसेनाले जनाएको छ ।

पक्राउ परेका माझीहरूले समुद्री सतह तथा समुद्री पारिस्थितिक प्रणालीमा क्षति पु¥याउन सक्ने ‘बटम ट्रलिङ’ विधिबाट माछा मारिरहेको पाइएको नौसेनाको भनाइ छ ।

पक्राउ परेका नौ माझी र नियन्त्रणमा लिइएको डुङ्गालाई थप कानूनी कारबाहीका लागि मन्नारका मत्स्य निरीक्षकसमक्ष बुझाइनेछ ।

मन्नार टापु र एडम ब्रिज आसपासको मन्नारको खाडी समुद्री जैविक विविधता तथा संरक्षणका दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।

यस क्षेत्रको पारिस्थितिक महत्त्वलाई ध्यानमा राख्दै विशेष मत्स्य व्यवस्थापन तथा वातावरणीय नियम लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan