क्षितिज, बिष्णु र प्रफुलले सेमिमा स्थान पक्का गरे
काठमाडौं, २७ साउन । एपिएफका क्षितिज खनाल, पिस फिटनेश क्लबका बिष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जन लिनिङ्ग चौधौं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ पुरुष एकल तर्फ सेमिफाईनलमा स्थान पक्का गर्न सफल भएका छन् ।
समूह ए को लिग खेलमा क्षितिजले दोश्रो जित हात पार्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । क्षितिजले आज भएको लिगको दोश्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ को जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।
क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर एक तथा पूर्व बिश्व जुनियर शिर्ष खेलाडी प्रिन्स दाहाललाई पराजित गरेका थिए । यस्तै आज भएको ब्यक्तिगत दोश्रो खेलमा एपिएफका प्रिन्स दाहालले नेपाल पुलिका सुनिल जोशी माथि २१–१४, २१–१९ को जित निकाले ।
यस समूहमा प्रिन्स र सुनिल जोशीको एक एक जित भएको छ । सेट जितको आधारमा प्रिन्स सुनिल भन्दा अगाडी रहेका छन् । सुनिलले पनि आफ्नो पहिलो खेलमा पुलिसकै जीवन आचार्य माथि जित निकालेका थिए ।
यस्तै पुरुषकै समूह बि को दोश्रो खेलमा आआफ्नो प्रतिद्वन्दि माथि जित हात पार्दै बिष्णु कटुवाल र प्रफुल महर्जनले पनि सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।
आज सम्पन्न दोश्रो खेलमा बिष्णुले नेपाल पुलिसका दीपक बोहरा माथि २१–१७, २१–१७ को जित निकाल्दै सेमिमा स्थान बनाएका हुन् । यसैगरि प्रफुलले पनि एपिएफका देवराज राना माथि २१–१९, ११–२१, २१–१९ को कठिन जित हात पार्दै दुई जितका साथ सेमिमा स्थान बनाएका हुन् ।
प्रफुल सेट जितका आधारमा दोश्रो स्थानमा रहेका छन् । यध्यपी समूह बिजेता÷उपबिजेतको टुङ्गो भने शुक्रबार हुने लिगको अन्तिम खेलबाट हुनेछ ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका महिला शिर्ष ८ तर्फका लिगमा समूह बी बाट तीनमा दुई खेलमा जित हात पार्दै एपिएफकी रिहाना शेरचन र पुलिसकी निता लम्सालले सेमिफाईनलमा स्थान पक्का गरेका हुन् ।
सेट जितका आधारमा शेरचनले निलाईलाई पछाडी पारेकी छिन् । समूह बिजेता तथा उपबिजेताको छिनोफानो भोली हुने प्रतिस्पर्धाबाट हुनेछ । समूह एको खेलमा भने नेपाल नम्बर एक नेपाल आर्मीकी रसिला महर्जन र पुलिसकी शेस्ना सृपालीको एक एक जितका साथ अग्रस्थानमा रहेका छन् ।
उक्त समूहको सेमिफाईनलमा स्थानको छिनोफानो शुक्रबार हुने लिगको अन्तिम खेल पश्चात हुने भएको छ । आज भएको लिगको खेलमा शेस्नाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–११, २१–१३ ले पराजित गरेकी हुन् । यस्तै रसिलाले आफ्नो पहिलो खेलमा शेस्नालाई पराजित गर्दै एक जित हात पारेकी थिईन् ।
सहआयोजक यल स्पोर्टस एकेडेमि, ग्वार्कोको कभर्डहलमा भएको प्रतियोगिताको यु–१५ पुरुष एकल तर्फको खेलमा आर्मीका रिजन मगरले मन्डला ब्याडमिन्टन एकेडेमीका ज्यातीरादित्य चौधरीलाई २१–१५, २१–१४, धन्यनतरीका सुहम कार्कीले इमाडोल ब्याडमिन्टन स्पोर्टस क्लबका प्रशान्त बुढाथोकीलाई २१–७, २१–१४, कन्चनपुरका उदय चन्दले कपिलवस्तुका निश्चल अग्रहरीलाई २१–१०, २१–११, बालकुमारी रिमिक्सका प्रज्वल बज्राचार्यले नेपाल पुलिस स्कुल काभ्रेका इशान गिरीलाई १०–२१, २१–१७, २१–१८, सिन्धुलीका दीप थिङ्गले पुलिस स्कुलका श्याम भण्डारीलाई २१–८, २१–२, आर्मीका आशुतोष कसौधनले सूखेतका समिर अधिकारीलाई २१–१२, १९–२१, २१–१२, सूर्यदर्शनका सोनम ओलीले पुलिस स्कुलका सिद्धान्त श्रेष्ठलाई २१–१२, २१–१४, आर्मीका सामन्त भद्र बज्राचार्यले ग्यालेक्सीका सुभम चौहानलाई २१–१०, २१–५, कन्चनपुरका आशिष खत्रीले फिटनेपाल स्पोर्टस्प्लेक्सका सक्षम गुरुङ्गलाई २१–१२, २२–२०, आर्मीका साजन कार्कीले कस्तुरी एकेडेमीका प्रज्ञान ढकाललाई २१–८, २१–१४, इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका प्रिन्स थापा मगरले बिवेक बर्मा एकेडेमीका आयुश खनाललाई २१–१५, २३–२१, नेपाल पुलिस स्कुल काभ्रेका प्रनिश कार्कीले सिन्धुलीका धिरज मण्डललाई २१–१६, २१–१६, नेपाल पुलिसका रितिक आचार्यले मोर्डन बोर्डिङ्ग स्कुलका अपूर्व राज पोखरेललाई २१–६, २१–५, धन्यन्तरीका सुशान्त प्रजापतीले डिबिए क्लबका रमित बोहरालाई २१–५, २१–४, सूर्यदर्शनका आदित्य थारुले कैलालीका यस चौधरीलाई २१–१७, २१–१२ र आर्मीका सुदेश राजकोटीले धादिङ्गका आयुश मगरलाई २१–१९, २१–१५ ले पराजित गर्दै अन्तिमा १६ मा स्थान बनाउन सफल भए ।
यसै गरि यु–१९ महिला एकल तर्फको खेलमा कस्तुरी कलेजकी अन्जिला राई, चितवनकी सुषमा भुजेल, एपिएफकी प्रेन्शा श्रेष्ठ र अजरेन्का शेरचन, धादिङ्गकी निष्ठा श्रेष्ठ, एपिएफकी स्वर्लिन श्रेष्ठ, एसबिएकी सविज्ञा दाहाल, एपिएफकी आश्रुती कार्की, आर्मीकी समृद्धि श्रेष्ठ र फिटनेपाल स्पोर्टसप्लेक्सकी श्रीशा पौडेलले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।
अन्जिलाले सेन्टजेभियरका दृष्टि कोईरालालाई २१–४, २१–६, सुषमाले ग्यालेक्सीकी कृष्मा तामाङ्गलाई २१–३, २१–१०, प्रेन्शाले कपिलवस्तुकी बिलक्षणा सिंहलाई २१–६, २१–१७, अजरेन्काले सेन्टजेभियरकी इभानी भण्डारीलाई २१–७, २१–६, निष्ठाले ग्लोबल स्कुल अफ साईन्सका अक्षरा यादवलाई २१–१२, २१–७, बिशेषता खड्काले देवीनगर ब्याडमिन्टन क्लबकी दिब्यानी आचार्यलाई २१–८, २१–१२, स्वर्लिनले ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगरलाई २१–६, २१–३, सविज्ञाले फिटनेश पार्ककी शिष्टता कुइकेललाई २१–१३, २१–८, आश्रुतीले सेन्टजेभियरकी जियाना खनाललाई २१–५, २१–५, समृद्धिले सूखेतकी निशा सिंहलाई २१–९, २१–९, र श्रीशाले ग्यालेक्सीकी युन्जना मगरलाई २१–१५, २१–१४ ले पराजित गरेका हुन् ।
पुरुष यु १९ एकल तर्फको खेलमा नेपाल पुलिसका कविर के.सी. र आर्मीका प्रतिक बिष्टले जित हात पार्दै अन्तिम १६ मा स्थान पक्का गरे । के.सी.ले धन्यन्तरीका सुहम कार्कीलाई २१–१९, २१–१९ र बिष्टले धादिङ्गका आयुष मगरलाई २१–१०, २१–९ ले पराजित गरेका हुन् । यस्तै आर्मीका सौर्य महर्जनले पुलिसका रितिक आचार्यलाई २१–१०, २१–९ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरे ।
