Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ साउनः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले युवा ऊर्जाको सही सदुपयोग गरी राष्ट्रको दीर्घकालीन विकासमा साझेदार गराउनु सरकारको उद्देश्य भएको बताउनुभयो ।

उहाँले मन्त्रालय युवाका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्न प्रयासरत छ भन्नुभयो ।

“हाम्रो लक्ष्य युवालाई रोजगार खोजिदिनु मात्रै होइन, युवाको सिर्जना र क्षमताको अधिकतम सदुपयोग गरी नवीन अवसर सिर्जना गर्नु हो,” मन्त्री यादवले भन्नुभयो । 

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले देशको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवा रहेका र मुलुक पनि उहाँहरूकै नेतृत्वमा सञ्चालन भएको वास्तविकता सुनाउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले ६६ प्रतिशत युवा देश निर्माणका आधारस्तम्भ हुन् भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan