Wednesday 12th of August | २०८३ श्रावण २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २७ बुधबार | रासस

वीरगञ्ज (पर्सा), २७ साउनः अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ । 

वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा महाशाखाले आज सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी यही साउन २८ र २९ गते विद्यालयमा बिहानको समयमा मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

“आकस्मिक रूपमा अत्यधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यही साउन २८ र २९ गते अनिवार्य रूपमा बिहानी सत्रमा बिहान ६ः०० बजेदेखि ०९ः३० बजेसम्म सम्पूर्ण विद्यालयले कक्षा सञ्चालन गर्नु गराउनुहुन आदेशानुसार जानकारी गराइन्छ”, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan